हेमजाका डिभाइडमा फूल रोपियो

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
Hemja divider

पोखरा । पोखराको जिरो किलोमिटरदेखि हल्नचोकसम्म पुग्दा सडकबीच डिभाइडरमा हरिया धूपी र फूल ढकमक्क फुलेको भेटिन्छ । यो हरियाली र फूलहरुले लेकसाइड जाने पर्यटक तथा स्थानीयको ध्यान तान्ने गरेको छ ।

यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरू पोखरा २५ हेमजाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् ।

ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फूलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरू हेमजा पुगेका हुन् ।

वातावरण संरक्षणका अभियन्ताहरू जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), रामबहादुर लामिछाने, ठाकुर बराल, सञ्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरूले लेकसाइडको डिभाइडरबाट फूलका कटिङहरू लगेर सारेका हुन् ।

अहिलेसम्म १ हजार कर्बिर फूलका बिरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजारभन्दा बढी कर्बिर फूलका बिरुवा रोप्ने तयार पारेको बताए । बिरुवा सार्नका लागि सहयोग गर्न हेमजाबासीलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फूल सारेको उनले बताए ।

पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरूको कामलाई धन्यवाद दिँदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । फूल हुर्काउन निकै मेहनत गर्नुपर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा बिरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियाली र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width