ब्युटी पार्लर तालिम

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
Beauty parler news

पोखरा । विन्ध्यवासिनी माविले एसइई दिएर बसेका ३४ जना विद्यार्थीलाई ब्युटी पार्लर तालिम दिइएको छ । ७ दिनसम्म चलेको तालिममा ब्युटिसियन सृष्टि पुन र विना थापाले अनुहारको हेरचाह तथा सौन्दर्यकरणका विषयमा प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी विद्यार्थीलाई विद्यालयका प्रअ कृष्णप्रसाद आचार्य, सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य इन्दु भट्टराई, अभिभावकद्वय मुना पौडेल र अञ्जना तिमिल्सिना लगायतले प्रमाणपत्र प्रदान गरे । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले अभिभावकले सिकेको सिपलाई विद्यार्थीको माझ पुर्‍याएको बताए । विद्यालयले निकट भविष्यमा विद्यार्थी केन्द्रित अन्य सिप सिकाउने तयारी समेत गरेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width