विज्ञान र इन्जिनियरिङमा अन्तर्राष्ट्रिय सम्मेलन

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
PU Conferance Photo 1

पोखरा । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय आयोजनामा पोखरामा विज्ञान र इन्जिनियरिङमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘परिवर्तनशील संसारमा विज्ञान र इन्जिनियरिङमा अहिलेको प्रवृत्ति’ सम्मेलन यही जेठ २९ देखि ३१ सम्म पोखरा ग्रान्ड, बिरौटामा हुने भएको हो ।

सम्मेलनमा नेपालसहित १२ भन्दा बढी देशबाट करिब ३ सय जनाले भाग लिने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डिन प्राध्यापक राजेशकुमार ठगुराठीले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । जसमा अमेरिका, चीन, कोरिया, जापान, पाकिस्तान, बंगलादेश, भारतलगायत देशबाट ३५ देखि ४० जना आउने छन् ।

जसमा विभिन्न देशका रिसर्चर, प्रोफेसर र विज्ञ रहने उनले बताए । ‘अहिलेको चेन्जिङ वल्र्डमा साइन्स र इन्जिजियरिङको अवस्था के छ, कस्ता रिसर्च भइरहेका छन्, सोसाइटीमा भइरहेका समस्याबारे के काम भइरहेको छ, उपलब्धि के छ, सोसाइटीमा कस्तो इम्प्याक्ट पारेको छ र पार्न सक्छ,’ उनले भने, ‘यो विषयमा विभिन्न देशका विभिन्न क्षेत्रका रिसर्चर, प्रोफेसर र प्रोफेसनल एक्सपर्ट आएर आफूले गरेका रिसर्चलाई प्रस्तुति गर्ने र अरुलाई जानकारी दिने र सल्लाह सुझाव लिने काम सम्मेलनमा हुन्छ ।’

पहिलो २ दिनसम्म विभिन्न विषयमा १२० कार्यपत्र प्रस्तुत गरिने उनले जानकारी दिए । ‘सम्मेलनका लागि १५० रिसर्च पेपर आएको थियो, तीमध्ये १२० एसेप्ट गर्‍यौं,’ उनले भने, ‘तेस्रो मुलुकबाट आएका पाहुनालाई पोखरामा कस्तो छ, के–के छन् । अनि यहाँको रहनसहनबारे जानकारी दिन भ्रमण गराउने कार्यक्रम छ ।’

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोग, स्कुल अफ इन्जिनियरिङको सहकार्यमा हुनेछ । यस्तै, विभिन्न २४ संस्था सहआयोजक छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width