स्याङ्जा पूर्ण खोप सुनिश्चित

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
vaccine syangja

स्याङ्जा । स्याङ्जालाई पूर्णखोप सुनिश्चितताको घोषणासँगै दिगोपनाको प्रतिवद्धता गरिएको छ । बालबालिकालाई १३ रोगविरुद्धका ७ खोपका मात्रा पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।

गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोदबिन्दु शर्माले जिल्लाका १४ हजार ८८ बालबालिकाले पूर्णखोप पाएसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । साथै, आउँदा वर्षका बालबालिकालाई पनि यसरी नै आवश्यक सबै खोप लगाउने कार्यलाई निरन्तरता दिइने भन्दै स्याङ्जास्थित ११ वटै पालिका प्रमुख तथा अध्यक्ष लगायत सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

घोषणासँगै म्याग्दीपछि प्रदेशकै दोस्रो स्याङ्जा पूर्णखोप सुनिश्चितता भएको बताए । विगतका तुलनामा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको जनाउदै आउँदा दिनहरुमा पनि थप सेवा सुबिधा क्रमशः बढाइँदै लगिने बताए । जन्मेदेखि १५ महिनाका ३ हजार ४ सय ५७ जना र १६ देखि ५९ महिनाका १० हजार ६ सय ३१ जना बालबालिकाले पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागार्इंले बताए । उनका अनुसार १५ महिनाका ५ जना र १६ देखि ५९ महिनाका १६ जनाको खोप छुटेको छ । छुटेका बालबालिकालाई पनि खोप दिइने छ ।

दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा ५ वर्षमुनिको मृत्युदर सुन्यमा झार्ने लक्ष्य बमोजिम जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले १३ प्रकारका खोप लगाउने गरिएको हो । शिशु जन्मनबित्तिकै बिसिजी र त्यसपछि क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइन्छ। निश्चित उमेरमा खोप लगाएमा सम्भावित रोगको जोखिमबाट बचाउन सकिन्छ । जिल्लाका ११ पालिकामध्ये सोही कार्यक्रममा उत्कृष्ट पालिका, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वास्थ्य संस्था गरी झण्डै ३ दर्जनलाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं पूर्ण खोप समन्वय समिति अध्यक्ष श्रीप्रसाद घर्ती, उपप्रमुख खडगराज सुवेदी, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, कालीगण्डकी अध्यक्ष खिम थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी, स्वास्थ्य कार्यकर्ता बबिता गौतम, जनस्वास्थ्य अधिकृत मित्रप्रसाद अर्याल लगायतले खोप पाउनु नैसर्गिक अधिकार भएको जनाउँदै स्वास्थ्यका क्षेत्रमा राज्य उदार बन्नुपर्नेमा जोड दिए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width