भित्रियो मनसुन प्रणाली

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
mansoon

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा सोमबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अन्य भू–भागमा केही दिनमा क्रमिक रूपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width