चितवनमा रगत पाउनै मुस्किल   

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
blood

चितवन ।  भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना ग¥यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।

गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो । अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन । केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिनुभयो । केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०मा पुगेर रगत सङ्कलन गर्ने गरेको छ ।

विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उहाँका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो । केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत सङ्कलन गर्ने गरेको थियो । रक्त सङ्कलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ । शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउनुहुन्छ । दैनिक सयदेखि एकसय ५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ । सङ्कलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ । सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत सङ्कलनमा कमी आएको बताउनुहुन्छ ।

यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम सङ्कलन हुने गरेको जनाइएको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउनुहुन्छ । रगत सङ्कलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उहाँ बताउनुहुन्छ । आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उहाँले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताउनुभयो । दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत सङ्कलन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । विद्यालय, कलेजलगायतका सङ्घ संस्थाको क्यालेन्डरमा वर्षका तीनदेखि चार पटक रक्तदान कार्यक्रम राख्नुपर्ने उहाँको सुझाव छ ।   रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width