भारतले ६ रनले हरायो पाकिस्तानलाई

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
India-1717958870

पोखरा । आईसीसी ट्वान्टी–२० विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतले ६ रनको जित निकाल्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

नेपाली समय अनुसार गएराति अमेरिकाको न्यूयोर्कमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ११३ रनमात्र बनाउन सक्यो । पाकिस्तानका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् । ममोहम्मद रिजवानले सर्वाधिक ३१ रन मात्र बनाउन सकेन ।

भारतका जसप्रित बुमराहले तीन विकेट लिए । कसिलो बलिङ गरेका बुमराहले चार ओभरमा १४ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले समान एक विकेट हात पारे ।

तीव्र गतिका बलर चम्किएपछि पाकिस्तानले भारतलाई ११९ रनमै रोकेको थियो । तर लक्ष्य भेट्न सकेनन् । भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको हो । खेलमा भारतका ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन थपे । यसबाहेक, भारतका अन्य ब्याटरले दोहोरो अंकको आँकडा तयार गर्न चुके ।

भारतलाई मध्यम योगफलमा रोक्न पाकिस्तानका चार तिव्र गतिका बलरले नौ विकेट लिए । पाकिस्तानका नसिम साह र ह्यारिस रौफले समान ३ विकेट लिए । मोहम्मद आमिरले दुई विकेट लिँदा साहिनसाह अफ्रिदीले एक विकेट हात पारे ।

पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित हात पारेको थियो ।

यसअघि, नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो । पहिलो ब्याटिङमा १०६ रन जोडेकोमा नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width