भारतसामु पाकिस्तानको १२० रनको जितको लक्ष्य

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
Pak-1717952311

पोखरा । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले १२० रनको जितको लक्ष्य पाएको छ । तीव्र गतिका बलर चम्किएपछि पाकिस्तानले भारतलाई ११९ रनमै रोकेको हो ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । खेलमा भारतका ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन थपे । यसबाहेक, भारतका अन्य ब्याटरले दोहोरो अंकको आँकडा तयार गर्न चुके ।

भारतलाई मध्यम योगफलमा रोक्न पाकिस्तानका चार तिव्र गतिका बलरले नौ विकेट लिए । पाकिस्तानका नसिम साह र ह्यारिस रौफले समान ३ विकेट लिए ।
मोहम्मद आमिरले दुई विकेट लिँदा साहिनसाह अफ्रिदीले एक विकेट हात पारे ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा हार बेहोरेकोले पाकिस्तान सुपर ८ पुग्न जित्नै पर्ने दबाबमा छ । पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित हात पारेको थियो ।

यसअघि, नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो । पहिलो ब्याटिङमा १०६ रन जोडेकोमा नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग