सेनामा भर्ती गराइदिने भनी ठगी अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
११ (1)

पोखरा । नेपाली सेनामा भर्ती गराइने आश्वासन दिँदै ठगी गरेको अभियोगमा पोखरामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ५, पस्र्याङ निवासी २७ वर्षीय घर्मराज थापा हुन् ।

पोखराको आर्मी फिटनेस सेन्टरको संचालन रहेको र नेपाली सेनाको माथिल्लो तहका हाकिम चिनेको छु भनी उनले १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोग छ । उजुरी आधारमा उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले २६ जेठमा पोखराको जिरो किलोमिटरबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

थापालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width