हिलप्वाइन्टमा अभिभावक अभिप्रेरणा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
Hillpoint

पोखरा । पोखरा १२ माटेपानीस्थित हिल प्वाइन्ट सेकेन्डरी स्कुलद्वारा अभिभावक अभिप्रेरणा तथा स्मार्ट सिकाइसम्बन्धी कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । आधुनिक प्रविधिमैत्री सिकाइ नै आजको प्रभावकारी सिकाइ हुने र विद्यार्थीलाई किताबी ज्ञानले मात्र आजको विश्व वातावरणमा घुलमिल हुन निकै अप्ठ्यारो र प्रशस्त समयसमेत खर्च हुने विज्ञ जित राधवले बताए । उनले परिस्थितिलाई मध्यनजर राख्दै स्मार्ट जमानामा स्मार्ट सिकाइ आवश्यकता औंल्याए ।

कार्यक्रममा बालबालिकाहरुको सिकाइमा अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहने र उनीहरुलाई सकारात्मक भावना विकास गरेर मात्र पढाइमामा लगाउँदा कुनै पनि अभिभावक पिरोलिनु नपर्ने कुरा अर्का विज्ञ रवि रञ्जितले बताए । ५ सयभन्दा बढी अभिभावक सहभागी कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल दिवाकर जैसीले स्वागत र सहप्राचार्य गंगाराम पौडेलले सञ्चालन गरेका थिए । शिक्षक नारायण लामिछाने, कमल घिमिरे, भुवन बरुवाललगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width