पोखरा युनाइटेड एकेडेमीमा अन्तरविद्यालय एसइई खेलकुद प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
8da83748-0efb-46ca-b9bb-1ef33a735c16

पोखरा । पोखरा युनाइटेड एकेडेमी आयोजनामा अन्तरविद्यालय एसइई खेलकुद प्रतियोगिता अन्तर्गत ५ किमी सडक दौडमा छात्रतर्फ इन्द्रराज्य लक्ष्मी माविका सम्राट चौधरी प्रथम भए ।

शनिबार उक्त दौडमा चौधरीले निर्धारित दुरी २० मिनेट २ सेकेण्डमा पार गरेका हुन् । कास्की मोडनाइज्ड एकेडेमीका प्रमोद थापा दोस्रो भए । उनले निर्धारित दुरी पार गर्न २० मिनेट २४ सेकेण्ड लगाए ।

छात्रातर्फको लमजुङ मध्यनेपालस्थित पश्चिम भूमि माविकी कुस्मिता भुजेल प्रथम भइन् । उनले निर्धारित ५ किमी दुरी २८ मिनेट २६ सेकेण्डमा पार गरेकी हुन् । पोखरा यूनाइटेड एकेडेमीकी अम्बिका पोख्रेलले ३८ मिनेटमा पार गर्दै दोस्रो भएको शिक्षक फणिन्द्रराज पौडेलले जानकारी दिए ।

छात्रछात्रा दुवैतर्फ प्रथमलाई ५ हजार र दोस्रोलाई ३ हजार साथमा मेडल र प्रमाणपत्र वितरण गरिएको सहप्रधानाध्यापक देवेन्द्र अधिकारीले बताए ।

४ दिनसम्म चल्ने अन्तरविद्यालय एसइई खेलकुद प्रतियोगिताको एथ्लेटिक्स संघ गण्डकी अध्यक्ष एवं पूर्व खेलाडी हरि बरूवालले उद्घाटन गरेका हुन् । उनले विद्यालयमा शिक्षासँगै खेलकुद अनिवार्य भएकोमा जोड दिए ।

प्रिन्सिपल बयानबहादुर गोदारले विद्यालयले शिक्षासँगै खेलकुदको समेत विकास गराउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन सत्र भएको हो । पोखरा १२, भद्रकालीमार्गस्थित उक्त विद्यालयमा २९ जेठसम्म विभिन्न प्रतियोगिता सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width