मेलबोट–सिधिङ–मनिलालमार्ग उद्घाटन

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
manilal marga progrem photo

पोखरा । हेमजा मेलबोटदेखि खानेपानी मुहान, लुम्रे हुँदै सिधिङ जोड्ने मनिलाल मार्ग शनिबार उद्घाटन गरिएको छ । १६ किमी लामो उक्त सडक उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले त्यस क्षेत्रको सडक लगायत विकास निर्माणमा मनिलाल गुरुङको अतुलनीय भूमिका रहेको स्मरण गरे । उनले उक्त मार्गका केही स्थान सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको सुनाउँदै त्यसमा रेलिङ राख्ने प्रयोजनका लागि पालिकाले आगामि बजेटमा सम्बोधन गर्ने विश्वास दिलाए ।

नेपाली कांग्रेस महासमिति सदस्य दीपक गुरुङले माछापुच्छ्रे पालिका ऐतिहासिक भूगोल रहेको चर्चा गर्दै मनिलाल त्यस क्षेत्रका योद्धा रहेको बताए । अन्नपूर्ण गाउँपालिका संस्थापक अध्यक्ष युवराज कुँवरले पोखरा लगायत माछापुच्छ्रे क्षेत्रको आर्थिक समृद्धिका लागि उक्त मार्गको भूमिका महत्वपूर्ण रहेको बताए ।

निर्माण समिति सचिव टेकप्रसाद अधिकारीले अहिलेको माछापुच्छ्रे गाउँपालिका क्षेत्रमा कालोपत्रे सडकको परिकल्पना त्यतिबेला मनिलालले गरेको स्मरण गर्दै हेमजावासीको साथ सहयोगबाट उक्त मार्ग खोल्ने कार्य भएको धारणा राखे ।

कांग्रेस महासमिति सदस्य खुसीमान् गुरुङले बहुदल प्राप्तिसँगै विकास निर्माणले तीव्रता पाएको स्पष्ट पार्दै तत्कालीन जिल्ला विकास समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सडक स्तरोन्नति भएको जनाए ।

त्यस अवसरमा बाटो निर्माण समिति अध्यक्ष रुमबहादुर गुरुङ, उपाध्यक्ष तरकबहादुर गुरुङ, स्व.मनिलालका छोराद्वय गनबहादुर गुरुङ र सु. तेजबहादुर गुरुङ, गौरीशंकर मनिलाल माविका शिक्षक हीरादेवी लामिछाने लगायतले मनिलाल आफू जन्मिएको माटोलाई सम्मान गर्ने व्यक्तित्व भएको, ठेकेदारसँगको उतारचढावबीच सडक निर्माण गर्नुपरेको, कसैका घर,पिढी तथा गेट हटाउनुपरेको, मनिलालले सडक निर्माणमा दिलो ज्यान दिएको स्मरण गरे ।

 माछापुच्छ्रे गाउँपालिका क्षेत्रका करिब २५ हजार मानिस प्रत्यक्ष लाभान्वित

कार्यक्रमबीच मार्ग निर्माणमा सहयोग गर्ने हेमजास्थित रुद्रमहादेव टोल विकास संस्थालाई ५० हजार सहयोग गरियो । मनिलालको परिकल्पनामा निर्माण सुरु गरिएको उक्त सडकका लागि पछिल्लो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत करिब २६ करोड तथा तत्कालीन जिविस कास्कीमार्फत ४ लाख बजेट विनियोजन भएको थियो ।
जसमार्फत हेमजाको मेलबोटदेखि लुम्रेसम्मको करिब ११ किलोमिटर सडक कालोपत्रे गरिएको छ । लुम्रेदेखि सिधिङसम्मको करिब ५ किमी सडकखण्डमा कहिकतै नाला तथा ग्राभ्रेल बिच्छाउने कार्य भएको छ । त्यस खण्डको कार्य करिब अधुरो जस्तै छ ।

सडकमार्फत माछापुच्छ्रे गाउँपालिका क्षेत्रका करिब २५ हजार मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । बाटो निर्माण समिति अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाटो निर्माण समिति उपाध्यक्ष तरकबहादुर गुरुङले स्वागत र माछापुच्छ्रे–८, कोलेलीका नरेश लामिछानेले कार्यक्रम सञ्चालन गरे । तत्कालीन ल्वाङघलेल गाविस ८ इमुमा १९७७ मंसिर १७ मा जन्मिएका मनिलालको २०६२ फागुन २७ गते निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width