पश्चिमाञ्चलको सीपयुक्त पाठ्यक्रममा जोड

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
PHSS Journalist Interaction

पोखरा । पश्चिमाञ्चल मावि, पोखराले स्वरोजगारमुखी पाठ्यक्रममा जोड दिने गरी योजना बनाएको छ । प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्स भरमा विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्न पढाइ सक्नासाथ काम पाइनेखालका विषय अध्यापनमा जोड दिएको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग छलफलमा उनले सो कुरा बताएका हुन् ।

उनका अनुसार विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराइरहेको विद्यालयले केही वर्षअघि कानुन पढाउन थालेकोमा आगामी शैक्षिकसत्रदेखि सौन्दर्यकलाको पाठ्यक्रम पनि विद्यालयले अध्यापन गराउने तयारी थालेको छ । ‘स्वदेशमा काम नपाएकै भएर विद्यार्थी बाहिर गएका हुन् । उनीहरुलाई स्वदेशमै कमाउने अवसर दिलाउने हो भने विदेश जानबाट केही हदसम्म रोक्न सकिन्छ,’ उनले भने, ‘त्यही भएर पढाइ सक्नासाथ कमाउन सक्ने सीपयुक्त कोर्ष अध्यापनमा चासो दिएका हौं ।’

उनले भने, ‘कानुन, पत्रकारिता, सौन्दर्यकला, होटल व्यवस्थापन यस्ता विषय हुन्, जसको अध्ययनपछि तत्कालै काम पाइन्छ ।’

अब सुरु हुन लागेको सौन्दर्यकला पनि आकर्षक विषय रहेको र सर्टिफिकेट हात परेपछि व्यवसाय थाल्न सकिने उनको भनाइ छ । विद्यालयले विद्यार्थीलाई उद्यमशील बनाउन पाठ्यक्रम विकास केन्द्रले तोकेको बाहेक थप कोर्स अध्यापन गराउने योजना बनाएको कोइरालाले बताए ।

विद्यालयका प्लस टु संयोजक देव क्षत्रीले ५० प्रतिशत अतिरिक्त पाठ्यक्रम पढाएर विद्यार्थीलाई स्वरोजगारतर्फ आकर्षण गर्ने तयारी गरेको बताए । ‘सैद्धान्तिक ज्ञान त विद्यालयमा पाएका छन् तर त्यसले मात्र पुग्दैन । अब हामीले विद्यार्थीलाई वास्तविक सीप सिकाउने गरी अतिरिक्त कोर्ष डिजाइन गर्दैछौं । अतिरिक्त कोर्ष डिजाइनका लागि सम्बन्धित क्षेत्रका विषयविज्ञ र सरोकारवालासँग बसेर छलफल गर्ने पनि उनले बताए ।

सहप्राचार्य मीनु श्रेष्ठ कुँवरले विद्यार्थीको विदेश पलायन रोक्न सक्ने अवस्था नभएको बताइन् । ‘सबैजना विदेश जान थाले । स्वदेशमा काम नपाएको उनीहरुको गुनासो छ । अब ती विद्यार्थीलाई पढाइ सक्नासाथ काम पाउने विषय अध्यापनमा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘त्यसमा पश्चिमाञ्चल माविले पहल थालेको छ ।’ विद्यालयमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन अध्ययन–अध्यापन भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width