पोखरा । गण्डकी प्रदेशमा अहिले सरकार बनाउने र गिराउने खेल भइरहेको छ । जसमा सभामुखलाई समेत गोटी बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासका मतका लागि सूचना दर्ता गराएपछि यसबारेमा विभिन्न तर्क विर्तक आइरहेका छन् । एकातिर उनले वहुमत कसरी पु¥याउलान भन्ने छ भने अर्कोतिर ३१ पुग्ने पक्का भएर नै संसद फेस गर्न लागेकाले प्रतिपक्षले अर्को चाल चल्छ भन्ने ।
कांग्रेसको २७, राप्रपाको २, दिपक मनाङेको १ र माओवादीको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको १ गरी ३१ पुग्ने आँकलन गरिएको छ । मुख्यमन्त्री पाण्डेले यही समीकरणलाई आधार मानेर संसद फेस गर्न लागेका हुन् ।
२ पटकसम्म मुख्यमन्त्री भएर पनि बजेट ल्याउन नपाएका र मन फुकाएर काम गर्न नपाएका खगराज अधिकारी र माओवादीसहितको उनको गठबन्धन पाण्डे सरकारमा रहेको देख्न चाहँदैन । खगराज अधिकारीले त ४ दिन अघिको १ कार्यक्रममा अब फेरि आफू मुख्यमन्त्री बन्ने ठोकुवा नै गरे । अहिले पाण्डे सरकारका पक्षमा बहुमत पुग्न नदिन प्रतिपक्षी गठबन्धनसँग ३ उपाय छन् । पहिलो मनाङेलाई रोक्ने, दोस्रो देवकोटालाई छेक्ने र तेस्रो सभामुख र उपसभामुखलाई राजीनामा दिन लगाएर संसद वहिस्कार गर्ने ।
पहिलो र दोस्रो प्रयास जारी रहे पनि तेस्रो प्रयास भने सफल हुने देखिएको छैन । राजीनामाका लागि सभामुख कृष्णप्रसाद धिताल सहमत छैनन् । यसबारेमा सभामुखले सार्वजनिकरुपमा मुख भने खोलेका छैनन् । संविधानले दिएको अधिकार र कर्तव्य पालना गर्नु आफ्नो दायित्व रहेको बताउँदै आएका छन् ।
त्यसो त खगराज अधिकारीले विश्वासको मत लिने बेलामा समेत सदननको बहुमत ३१ नै हो, सभामुखलाई गणना गर्न हुँदैन भन्ने अडानमा उनी थिए । तर गठबन्धनको एकोहोरो पेलाउन खेप्न नसकेपछि उनी निर्णायक अवस्थामा आफूसँग मत दिने पाउने अधिकार रहेको भन्दै ३० लाई नै बहुमत भनी घोषणा गरिदिएका थिए । जुन घोषणालाई सर्वोच्च अदालतले असंवैधानिक सावित गरिदिएको थियो । अहिले एमाले र माओवादीले उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् । तर उनी कुनै हालतमा सभामुख पद नछाड्ने पक्षमा रहेपछि खगराज अधिकारी अर्को दबाबमा परेका छन् । यसबारेमा छलफल गर्न खगराज आजै काठमाडौं जाँदैछन् ।
सर्वोच्चको परमादेशपछि जेठ १६ मा मुख्यमन्त्रीमा नियुक्त पाण्डेले पर्सि २८ गते विश्वासको मतका लागि संसद सचिवालयमा सूचना दर्ता गराएका छन् । जस अनुसार २८ गते ३ बजेका लागि संसद बैठक बोलाइएको छ । नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिनका लागि पाण्डेले सूचना दर्ता गरेका हुन् ।
केन्द्रमा गएर शीर्ष तहमा कुरा गरेपछि पोखरा फर्केका पाण्डे विश्वासको मतका लागि तयार भएका हुन् । नत्र अध्यादेशबाटै बजेट ल्याउने एकखालाको तयारी पनि भएकै थियो ।
Related News
सम्बन्धित समाचार
पत्रकार हरि पन्त सम्मानित
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
बगर भाइखलक युकेमा ओम
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१