प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
fotball

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश फुटबल संघ व्यवस्थापनमा शुक्रबारदेखि पोखरामा प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखाविरुद्ध ३–० गोलअन्तरले सहज जित निकालेको छ । तनहुँलाई अग्रता दिलाउनेक्रममा पहिलो गोल शान्ताबहादुर गुरुङले २० औं मिनेटमा गोलको खाता खोले । पहिलो हाफमा गोरखाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे ।

यसअघि, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले प्रतियोगिता उद्घाटन गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

२८ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका १० जिल्लाले भाग लिएका छन् । नकआउट आधारमा खेल ४ दिनसम्म चल्ने संघका महासचिव विनोद गुरुङले बताए । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width