रोटरीको निशुल्क स्वास्थ शिविर

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
Jail Health Camp

पोखरा । रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी क्लब अफ काठमाडौं हेरिटेजद्वारा निशुल्क स्वास्थ शिविर आयोजना गरेको छ ।

केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदीलाई निशुल्क स्वास्थ जाँच गरी औषधी वितरण गरिएको थियो ।

दुवै क्लबका सदस्य, रोट्र¥याक्ट सदस्य तथा कारागारका कर्मचारी सहयोगमा सम्पन्न शिविरमा स्त्री रोग विशेषज्ञले उपस्थित महिला कैदीहरुलाई स्त्री रोगबारे जानकारी गराउँदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानी बताइएको थियो ।

रोटरी काठमाडौं मेट्रोले यस्ता विभिन्नखालका सामाजिक कार्य गर्दै आएको छ भने रोटरी काठमाडौं हेरिटेज सामाजिक कार्यमा होमिन हालसालै खोलिएको रोटरी क्लब हो ।

Related News

सम्बन्धित समाचार

hero news full width