गण्डकीमा कांग्रेस सरकार टिकाउन देउवाले पठाए लिङ्देनलाई चिठी

आदर्श समाज सम्वाददाता
जेठ २५, २०८१
deuba

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी लेखेका छन् । नीति तथा कार्यक्रम र बजेटका मुखमा रहेको सुरेन्द्रराज पाण्डेको सरकारलाई मत माग्दै देउवाले पत्र पठाएका हुन् ।

६० सदस्यीय सभामा कांग्रेसको २७ सिट छ । राप्रपाले समर्थन गर्दा २९ पुग्छ । दीपक मनाङे आउँदा पनि जम्मा ३० सिट पुग्दा १ सिटले यो गठबन्धनको बहुमत पुग्दैन । त्यसका लागि कांग्रेसले माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटाको आशा गरेको छ । तर उनी कानुनी रुपमा माओवादी संसदीय दलमै छन् । १६८ को उपधारा ३ अनुसार बनेको सरकारलाई मत दिन उनले संसदीय दलको ह्विप उल्लंघन गर्नुपर्छ । अहिले नै खतरा मोल्ने पक्षमा उनी नरहेको बताइन्छ ।
‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ ।

संघीय सरकारमा गठबन्धन फेरिएसँगै ढलेको पाण्डे सरकार डेढ महिनामा सत्तामा फर्के पनि संसदीय समीकरण कमजोर छ । पछिल्लोपटक जेठ ६ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले असार १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम र बजेट ल्याउनै पर्ने वाध्यतामा सरकार छ । सदनबाट ल्याउँदा पारित नहुने पीर, संसद बैठक अन्त्य गरेर अध्यादेशबाट ल्याउँदा आलोचना खेप्नुपर्ने वाध्यताका बीच सरकार गुज्रिएको छ । त्यसमाथि नीति तथा कार्यक्रम अध्ययादेशबाट कसरी ल्याउने भन्ने बारेमा कानुन प्रष्ट बोलेको छैन ।

मुख्यमन्त्रीले लिने विश्वास मतले गण्डकी प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूका बीचमा नयाँ विश्वास तथा सहकार्यको वातावरण बन्नेछ भन्ने कुरामा कांग्रेस विश्वस्त रहेको सभापति देउवाले पठाएको पत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतले दिएको परमादेशअनुसार विशिष्ट परिस्थितिमा कांग्रेस संसदीय दल नेता पाण्डे गण्डकी मुख्यमन्त्री बनेको पनि देउवाले पत्रमा उल्लेख गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width