पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा बुधबार गण्डकी प्रदेशस्तरीय अनुसन्धान कार्यशाला गोष्ठी भएको छ ।
गोष्ठीका वक्ताहरुले मानव जीवन प्राध्यापक जस्र्तै भएको चर्चा गर्दै अध्ययन, अध्यापन जीवनभर चलिरहने जनाए ।जानेर कहिल्यै सकिदैन, जव जीवन सकिन्छ अनि मात्रै सिक्न छाडिने औंल्याउँदै वक्ताहरुले प्राध्यापन गर्दा पनि अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनीहरुले नेपाली साहित्यका विभिन्न विद्याका इतिहास बारेमा साँझा धारणा बनाउनुपर्ने, साहित्यलाई गहिराईमा पुगेर बुझनुपर्ने, हिजोका कुराहरुलाई आजको सन्दर्भमा ढाल्नुपर्ने लगायत धारणा राखे ।
गोष्ठी उद्घाटन गर्दै सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले विभागले राम्रा कार्यक्रम गर्दै आइरहेको चर्चा गर्दै विभागका गतिविधिमा बजेट अभाव हुन नदिने बताए । अनुसन्धान जीवनभर चलिरहन्छ, तपाइँहरुले पनि अनुसन्धान गर्नुहोस्, सबै मिली नेपाली भाषालाई राम्रो बनाऔं, त्यसैमा सबैको भलाई भएको सहायक क्याम्पस प्रमुख लम्सालको भनाइ छ ।
त्यस अवसरमा त्रिवि प्राध्यापक संघका केन्द्रीय सदस्य कमलराज पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना लगायतले धारणा राख्दै नेपाली भाषाका समस्या पहिचान गर्न गोष्ठी सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका बीच प्राडा विष्णुप्रसाद पौडेलले ‘नेपाली साहित्यको काल विभाजन र नेपाली उपन्यास’ तथा डा. श्रीधर न्यौपानेले ‘सकम्बरी गीतमा निहितार्थता’ विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रस्तुत कार्यपत्र माथि ३ समूहमा छलफल भयो ।
छलफल पछि समूह ‘क’ बाट डा. भूमिराज बस्ताकोटी र निर्मल सापकोटा, समूह ‘ख’ बाट मायादेवी कुँवर र विष्णुप्रसाद शर्मा तथा समूह ‘ग’ बाट लोकचन्द्र खनाल र जमूना अर्यालले निष्कर्ष प्रस्तुत गरे ।
सहभागिको तर्फबाट जनज्योति क्याम्पस भिमादकी सीता भट्टराई, संस्कृत क्याम्पसका अम्विका भट्टराई, कन्या क्याम्पसका डा. भूमिराज बस्ताकोटीले गोष्ठीको प्रभावकारिताका विषयमा भनाइ राखे । विभागीय प्रमुख डा. तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस सभापति डा. लक्ष्मीशरण अधिकारीले स्वागत तथा विभागीय सदस्यद्वय डा. पुण्यप्रसाद शर्मा र शोभाकान्त गौतमले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१