पोखरा ३० वडास्तरीय भलिबल

आदर्श समाज सम्वाददाता
जेठ २५, २०८१
volleyball

लेखनाथ । युवालाई खेलकुदतर्फ आकर्षण गर्ने उद्देश्यले पोखरा ३० मा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

चेतनशील पुन मगर समाज र पुन नमुना युवा क्लब आयोजनामा गरिएको प्रतियोगिता उद्घाटन गर्दै वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले युवालाई खेलतर्फ आर्कषण गर्न र भावी पुस्तामा देखिएको मोबाइलको लत कम गराउँदै खेलकुद अपरिहार्य भएको धारणा राखे ।

२६ जेठसम्म चल्ने प्रतियोगितामा २० टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ४० हजार र द्वितीयलाई २५ हजार सिल्ड, मेडल र प्रमाण पत्र रहेको क्लब सचिव सुशील पुनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width