कास्कीको नौडाँडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यू

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
accident

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका १ स्थित नौडाँडामा ट्रकको ठक्करबाट बिहीबार एक जनाको ज्यान गएको छ ।

ग १ क २६२५ नम्बरको ट्रक ब्याक गर्ने क्रममा बाटोमा हिडिरहेका नौडाँडाका ७० वर्षीय दुर्गाप्रसाद दाहालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रक र चालक धादिङको गल्छी गाउँपालिका २ का ३५ वर्षीय लेखबहादुर श्रेष्ठलाई प्रहरी कार्यालय नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width