यु–१५ विद्यालय खेलकुद प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
u 15

पोखरा । पोखरामा यु–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८० तयारी सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा यही जेठ ३० र ३१ गते हुने प्रतियोगिताको निम्ति गण्डकी प्रदेशको छनोट खेल पोखरामा बिहीबार हुँदैछ ।

विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलको छनोट पोखरा रंगशालामा हुने परिषद्का सदस्यसचिव श्रीधर शर्माले बताए ।

छात्रछात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबलटेनिस र बुद्धिचाल खेलका गण्डकीका ११ जिल्लाका ४ सय १६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४ सय ८७ जना बुधबार पोखरा आइपुग्ने परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनोट हुनेछन् ।

टेबलटेनिसमा छात्रछात्रा ४–४ जना गरी ८ खेलाडी छनोट हुनेछन् । छनोट हुनेले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । व्याडमिन्टनका लागि ४–४ गरी ८ जना खेलाडीको छनोट हुनेछन् ।

व्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ छात्रछात्रा गरी ८ खेलाडी छनोट हुनेछन् ।

रग्वी छात्रछात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनोट हुने आयोजकले जनाएको छ । छनोट हुने ७६ खेलाडीलाई पोखरामा बन्द प्रशिक्षणमा राखिनेछ ।

प्रतियोगिता उद्घाटन ३० जेठमा हुनेछ । सबै खेल पोखरा रंगशाला परिसरमै हुनेछन् ।

विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा ७ प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाले भाग लिने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width