पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघ सहआयोजनामा प्रदेशस्तरीय चौंथो आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
तनहुँको भीमादमा जेठ २५ र २६ गते उक्त प्रतियोगिता हुन लागेको परिषद्क प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढामगरले बताए । प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ कास्य गरी १ सय ४४ पदकका लागि पुरुष स्पाइरिङतर्फ २० देखि ८५ केजि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, नीलो, रातो कलर बेल्ट तथा प्रथम, दोस्रो र तेस्रो डान समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गण्डकीका ७ जिल्लाका प्रतियोगीले भाग लिने छन् । जसमा कास्कीसहित तनहुँ, बागलुङ, पर्वत, स्याङ्जा, नवलपुर, लमजुङ जिल्लाबाट हरेक जिल्लाका ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरी २ सय ५० भन्दा बढीले भाग लिने छन् ।
परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रतियोगिता उद्घाटन गर्ने छन् । समापन भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले गर्ने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१