३ सय विद्यार्थी फुटबल सिक्दै

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
community school

पोखरा । युनाइटेड कम्युनिटी नेपाल (युनिकन) आयोजना, फिफा फाउन्डेसन सहयोगमा पोखराका ५ विद्यालयका विद्यार्थीलाई निशुल्क फुटबल प्रशिक्षण सुरु भएको छ ।

एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्की समन्वयमा सो प्रशिक्षण भएको हो । ‘फुटबल फर फ्युचर’ परियोजनाको अभिमुखीकरण कार्यक्रमकको उद्देश्यमाथि प्रकाश पार्दै युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयको विद्यार्थी यस किसिमको अवसरबाट बञ्चित हुन नपरोस् भनी यो कार्यक्रम सुरु भएको बताए ।

कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने र सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै स्रोतमा यस किसिमको अवसर सिर्जना गर्न समस्या हुने भएकाले यो कार्यक्रम तयार पारी सञ्चालन गर्न लागिएको न्यौपानेले बताए ।

परियोजना पोखराका वाराही, कन्या, शीतलादेवी, शिवशक्ति र अमरसिंह माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सनबहादुर लामाले यस किसिमको कार्यक्रमले विद्यालय र संस्थाको मात्र विकास नभई जिल्लाको लागि नै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले कार्यक्रम सफल बनाउन सबै पक्षबाट साथ र सहयोग हुनुपर्ने बताए ।

यसबाट ५ विद्यालयका ३ सय जना विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्भित हुनेछन् भने परियोजनाभित्र अन्तरविद्यालय फुटबल प्रतिस्पर्धा, कथावाचन कार्यक्रम, शनिबार रंगशालामा भेला र व्यक्तिगत वृद्धि विकासको सहजीकरण जस्ता कार्यक्रम समावेश गरिएको छ । युनिकन संस्थाका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्बन्धित विद्यालयका प्रअ तथा खेलकुद शिक्षक, परियोजना अन्तर्गतका प्रशिक्षक उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width