विद्यार्थीलाई वातावरणबारे सचेतना

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
enviroment day

पोखरा ।  राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ ।

जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो । कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए ।

बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा र आसपासको क्षेत्रमा पाइने बोटबिरुवा र जीवजन्तु र यसको पर्यावरणबारे चर्चा गरेका थिए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद बरालले विद्यार्थीबाट नै यस्ता चेतनामूलक कार्यक्रम गर्दा वातावरण संरक्षण र दिगो पर्यावरणमा टेवा पुग्ने विचार राखे ।

पछिल्लो चरणमा विद्यार्थीमा यस्ता कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै उनले आगामी दिनमा समेत सम्पदा संरक्षण वातावरण संरक्षण र मानव अधिकारका कार्यक्रम विद्यालयहरुमा गर्दै जाने सुनाए । विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले सामाजिक संघ, संस्थाले विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्दा विद्यार्थी पाठ्यक्रमभन्दा बाहिरका जीवनोपयोगी कुरा सिक्न पाउने विचार राखे । कार्यक्रममा संस्थाका महासचिव दिलीप दोषी, सचिव विन्देश्वरी बराल लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष इन्जिनियर विष्णुप्रसाद पौडेलले ध्यान र मेडिटेसन परिचय र प्रयोगबारे प्रशिक्षण दिए । वातावरण दिवसकै सन्दर्भ पारेर गत शनिबार सम्पदाले पर्यावरण अवलोकन भ्रमणसमेत गरेको थियो । मेथलाङ फेदीमा रहेको जंगलका बोटबिरुवा र पोखरा पन्छी समाजसँगको सहकार्यमा चरा अवलोकन र चराको पर्यावरणमा महŒवबारे कार्यक्रम गरिएको थियो । पोखरा पछी समाजका कोषाध्यक्ष हिरा मल्लले यस क्षेत्रमा पाइने चराबारे जानकारी गराएकी थिइन् भने ३० प्रजातिका चरा १ घण्टाको अवधिमा अभिलेख गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    रासस असाेज २७, २०८१
    काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा…
  • बाहिरियो नेपालबाट मनसुन

    रासस असाेज २६, २०८१
    काठमाडौं । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि…
  • तीन प्रदेशमा वर्षाको सम्भावना

    रासस असाेज २६, २०८१
    काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग