साइन रेसुंगा बैंक र मेडिप्लस हस्पिटलबीच सम्झौता

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
mediplus

पोखरा । साइन रेसु‌ंगा डेभलपमेन्ट बैंकका कर्मचारी र ग्राहकले पोखराको मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।

मेडिप्लस हस्पिटल र साइन रेसु‌ंगा बैंकले आफ्ना ग्राहकलाई हस्पिटलका विभिन्न सेवामा छुट दिन १ कार्यक्रम गरी  सम्झाैता गरेका हुन् । जसअनुसार बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरुले ५ देखि १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यो सम्झौता २ वर्षका लागि लागु हुने हस्पिटलका व्यवस्थापक सुरेशराज सुवेदीले जानकारी दिए । अस्पतालका तर्फबाट व्यवस्थापक सुरेशराज सुवेदी, बजार व्यवस्थापक  शोभाकर पान्डे र साइन रेसु‌ंगाका पोखरा  शाखा प्रमुख नवराज बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बै‌ंकका ग्राहकले उक्त सेवा लिनका लागि अनिवार्य साइन रेसु‌ंगा बैंकको मोबाइल बैंकिङ, कार्ड तथा चेकबाट भुक्तानी गरेको हुनुपर्ने छ । सम्झौता अनुसार उक्त बैंकका गण्डकी प्रदेशका सम्पूर्ण शाखाका कर्मचारी तथा ग्राहक लाभान्वित हुनेछन् ।

अस्पतालले हाल भारतीय गोर्खा सैनिकको स्वास्थ्य सेवा इसिएचएस तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य सुविधा प्रदान गरिरहेको हस्पिटलका व्यवस्थापक सुरेशराज सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width