पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितको कालोझण्डा

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
sahakari (1)

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालो झण्डा देखाएका छन् । पोखरा सभागृहमा पार्टीको प्रदेस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न छिर्ने क्रममा पोखराको सूर्यदर्शन सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

‘सहकारी पीडितलाई न्याय दे’ लगायत नारा लगाएका उनीहरुले खलतीबाट निकालेर कालो झण्डा देखाएका हुन् । त्यसक्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी हस्तक्षेपका क्रममा २ जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सकेर पोखरा सभागृह आएका बेला उक्त घटना भएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम गृहमन्त्री रवी लामिछाने तत्कालीन अवस्थामा एमडी रहेको गोरखा मिडिया प्रालिका नाममा सारेर अपचलन गरेको रिर्पोट आएको छ । प्रहरीमा यसबारेमा जाहेरी पर्दा समेत गृहमन्त्रीमाथि कारवाही नभएको भन्दै पीडितहरु प्रधानमन्त्रीप्रति आक्रोशित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width