राजनीतिक अस्थिरता मुलुकको विकासका लागि घातक छः मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८१
cm

लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलकको विकास र जनताका लागि घातक बनिरहेको बताउनुभएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्तक्र्रियामा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डले नेपालमा लामो सयमदेखि भइरहेको राजनीतिक अस्थितरताले जनचाहनानुसार काम गर्न नसकिएको र यसले दलहरूप्रतिको विश्वसनीयता नै कम हुन थालेको बताउनुभयो । “राजनीतिक अस्थिरताले सरकार बदलिरहेका छन्, जसले जनचाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको छ । प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारप्रतिको नागरिक धारणालाई सकारात्मक बनाउन सबैले सामाजिक सेवाभावले काम गर्न आवश्यक छ, त्यसमा पनि स्वास्थ्य संस्थामा कार्यरत स्वाथ्यकर्मीको भूमिका अझ बढी छ ।”

गण्डकी प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नहुने नीतिसहित शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै बताउनुभयो । ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीका लागि केही सहुलियत दरमा उपचार गर्न योजना अगाडि ल्याउन लागिएको पनि उहाको भनाइ थियो । “सङ्घ सरकारले न्यून बजेट दिएकाले चाहेअनुसार जनताको काम गर्न सकिएको छैन, छुट्याएको बजेटसमेत घटाएर पठाउन थालिएको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“प्रदेशभित्रका विपन्न वर्गको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसकेमा सहलगानीकर्ताको खोजी गर्दै सेवा दिनुपर्छ भन्ने हाम्रो जोड छ ।” स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकेमा स्वास्थ्य क्षेत्रका केही समस्या समाधान हुने उहाँको भनाइ छ ।

कार्यक्रममा सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएका ऊर्जा तथा जलस्रोतमन्त्री विन्दुकुमार थापाले प्रदेशका स्वास्थ्य समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नसपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले यहाँका सबै जिल्लामा रहेका स्वास्थ्य संस्थाको विकास र सेवा प्रवाह सुधारका लागि काम गरिरहेको समेत बताउनुभयो ।

गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोदविन्दु शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दिगो विकास लक्ष्य हासिल गर्न प्राप्त उपलब्धिबारे प्रकाश पार्नुभएको थियो ।

विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएका स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले भोगको समस्याका साथै पछिल्ला समयमा भएका उपलब्धि, स्वास्थ्य बीमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width