पोखरा । पोखरा १३ गोैंडाकोमुखमा सोमबार बिहान गुडिरहेको टिप्परमा मोटरसाइकल ठोक्किँदा १ जनाको निधन भएको छ भने १ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकल चालकसँगै रहेकी काहुँखोलाकी १८ वर्षे बविता रिमालको उपचारका क्रममा निधन भएको हो ।
दुवै खुट्टा र ढाडमा चोट लागेको अवस्थामा रिमाललाई गण्डकी मेडिकल कलेज लगिएकामा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कमल क्षेत्रीको दुवै खुट्टा र दाँया हातमा चोट लागेको र अवस्था सामान्य छ ।
पोखरा १३ को बिपी मार्गबाट लामाचौर जाँदै गरेको ग१ख ६३९४ नम्बरको टिप्परमा सोही दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नम्बरको मोटरसाइल ठोक्किँदा त्यसमा सवार २ जना घाइते भएका थिए ।
सिआरभी भद्रकालीबाट प्रहरी टोली खटिइ मोटरसाइकल, टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१