टिप्परमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
noida_road_accident

पोखरा । पोखराको गोैंडाकोमुखमा सोमबार बिहान गुडिरहेको टिप्परमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन् ।

बिपी मार्गबाट लामाचौर जाँदै गरेको ग १ ख ६३९४ नम्बरको को टिप्परमा सोही दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नम्बरको मोटरसाइल ठोक्किँदा त्यसमा सवार २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चाउथेका २९ वर्षे कमल थापा क्षेत्री र चालकसँगै रहेकी काहुँखोलाकी १८ वर्षे बविता रिमाल घाइते भएका हुन् । क्षेत्रीको दुवै खुट्टा र दाँया हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

रिमालको दुवै खुट्टा र ढाडमा चोट लागेको र अवस्था गम्भीर छ । प्रहरीका अनुसार दुवैजनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ । सिआरभी भद्रकालीबाट प्रहरी टोली खटिइ मोटरसाइकल, टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width