मौरिस हर्जोगको पदचाप पछ्याउँदा….

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
annapurna day

पोखरा । विश्वमै पदयात्रा पर्यटनले नाम कमाएको नेपालमा पर्यटनको जग बसालेका थिए फ्रान्सेली नागरिक मौरिस हर्जोगले । सन् १९५० जुन ३ मा उनले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि उनको पदचाप पछ्याएर नेपाल र हिमाली क्षेत्र उक्लिनेहरु बढेका हुन् । अन्नपूर्णमा हार्जोगको टोलीले पाइला टेकेकै दिनदेखि ८ हजार मिटरभन्दा माथिका हिमालमा मान्छे उक्लिन थाले । अर्थात् ८ हजार मिटरमाथिको हिमालमा पहिलो पटक मानवले आरोहण गरेको पहिलो दिन थियो त्यो । उक्त दिनलाई नेपालले मात्रै होइन, विश्वले नै भव्य रुपमा मनाउँछ । नेपाल सरकारले सोमबार पर्ने अन्नपूर्ण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सोही कार्यक्रम अन्तर्गत आइतबार विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थितिमा पदयात्रा गरिएको छ । धम्पुसदेखि हेमजाकोट हुँदै अस्तामसम्म पदयात्रा गरिएको हो ।

पदयात्रामा नेपालका लागि बेलायत, पाकिस्तान, इजरायल, थाइल्याण्ड, श्रीलंका लगायत देशका राजदूत सहभागी थिए । यस्तै, सार्कका महासचिव, युएनडिपी नेपाल प्रमुख लगायत पनि सहभागी भए । गण्डकी प्रदेशको पर्यटनमा विशेष पहिचान छ । केही महिनाअघि पोखरालाई पर्यटनको औपचारिक राजधानी घोषणा गरिएको छ । यसले समग्र गण्डकीको पर्यटनलाई प्रभाव पार्ने विश्वास पर्यटन क्षेत्रको छ । अहिलेको अनुमानित आँकडा अनुसार नेपाल आएका मध्ये ४० प्रतिशत पर्यटक पोखरा आउँछन् । तीमध्ये सबैजसो पदयात्राका लागि निस्किन्छन् । गण्डकीका ५ वटा जिल्ला चिरेर चल्ने अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ट पदमार्ग मध्ये एक मानिन्छ । तर पछिल्ला वर्षहरुमा पदमार्गको दुरी सडकले घटाउँदै लगेको छ । कतै पदमार्गको नामोनिसान छैन भने कतै सडकले छोट्याएको छ । अहिले अन्नपूर्ण पदमार्गको विकल्पहरु खोजी भइरहेका छन् ।

बेलायत, पाकिस्तान, इजरायल, थाइल्याण्ड, श्रीलंका लगायत देशका राजदूत पदयात्रामा सहभागी

नयाँ पदमार्गको खोजी र अन्नपूर्ण पदमार्गको प्रचारका लागि परराष्ट्र मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार सहित विभिन्न संघ संस्थाहरुको समन्वयमा नयाँ पदमार्गको ‘एक्सप्लोर’ गरिएको हो । पदयात्राबाट फर्किएपछि ब्रिटिस राजदस्त रव फेनले नेपाललाई विश्वमै पर्यटनको राजधानीको रुपमा चित्रित गरेका छन् । ‘हामी सबैलाई थाहा छ, नेपाल पर्यटनको राजधानी हो र मलाई लाग्छ, पोखरा नेपालको पर्यटनको राजधानी हो,’ उनले भने, ‘यो अद्भुत अनुभव दिएकोमा आयोजकलाई धेरै धन्यवाद छ ।’ उनले नेपालले पर्यटन बेचेर नै धेरै आम्दानी गर्न सक्ने सुझाव दिन्छन् । ‘नेपालले पर्यटनबाट धेरै आम्दानी गर्न सक्छ । किनकि नेपालसँग संसारमै सबैभन्दा राम्रा चिजहरु छन्,’ अघि भन्छन् । उनले छिट्टै अन्नपूर्ण सर्किटमा पदयात्रा गर्ने बताएका छन् । ‘म निश्चित रूपमा अन्नपूर्ण सर्किट ‘ट्रेकिङ’ को लागि जाँदैछु,’ अघि भने, ‘४ वर्ष म नेपालमा रहनेछु । यो समयमा धेरै पहाडहरुको अद्भूत अनुभव मैले गर्नेछु ।’

थाइ राजदूत सुवापोङ सिरिसोर्न भ्रमणबाट निकै नै उत्साही भएको बताउँछन् । ‘पोखराको भ्रमण मेरो पहिलो पटक हो । गत महिना पोखराको भ्रमण गर्ने योजना बनाएको थिएँ, तर दुर्भाग्यवश उडान रद्द भएर म आउन पाइनँ,’ उनले भने, ‘यो भ्रमणबाट म धेरै उत्साहित छु । गाउँलेहरुले गरेको स्वागतबाट म निकै प्रशन्न भएको छु ।’ यद्यपि हिमाल देख्न नपाएका कारण उनीहरु दुखी थिए । ‘दुर्भाग्यवश हिमाल देख्न सकिएन । तर सकारात्मक रूपमा सोच्नु पर्छ किनभने अन्नपूर्ण दिवसको दिन आकाश खुला हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि हामी अन्नपूर्ण देख्न सक्छौं ।’ स्थानीय परिकारबाट निकै सन्तुष्ट भएको उनले सुनाए ।

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले नेपाल अद्भूत खजानाहरुले भरिएको र त्यसलाई सबैले चुम्न चाहेको बताए । ‘मैले आज एउटा सुन्दर अनुभव पाएको छु र म यहाँ आउन पाउँदा धेरै खुसी छु,’ उनी भन्छन्, ‘नेपाल लुकेका खजानाहरूले भरिएको छ र मलाई लाग्छ यी लुकेका खजानाहरू अहिले पर्दाफास भइरहेका छन् र मानिसहरू यसमा रमाउन चाहन्छन् ।’

युएनडिपीको नेपाल प्रमुख आसानी मदागंगोडा लाबेले प्रकृतिको संरक्षण गर्न सुझाइन् । ‘पर्यटन र जीविकोपार्जनका लागि पनि प्रकृतिको संरक्षण जरुरी छ । पर्यटनमा सबै पक्षलाई समेटेर लैजानुपर्छ,’ उनले भनिन्, ‘प्रकृति, पर्यटन र मानिसहरु एकसाथ चल्नुपर्छ ।’ अन्य कुटनीतिक नियोगका प्रमुख प्रतिनिधिहरु पनि नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । अन्नपूर्ण डेको दिन सोमबार पोखरामा भव्य कार्यक्रम आयोजना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width