ओटेफको बारिष्टा तथा बेकरी तालिम

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
otef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीले बारिष्टा तथा बेकरी तालिम दिएको छ ।

पोखरा जाभा बारिष्टा स्कुलमा १५ दिनसम्म चलेको तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कफी संस्कृति बढ्दै गएकोमा भन्दै यो तालिम महत्वपूर्ण रहेको बताए । तालिमले पर्यटकीय राजधानी पोखरामा सेवाको गुणस्तर बढ्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा बर्सेनि २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ पोखरा महानगरपालिकालाई प्रवद्धर्नात्मक कार्यक्रम गर्न सुझाव दिए । कफीका परिकार र बेकरीका परिकार बनाउन आफूहरु सक्षम भएको भन्दै उनीहरुले यस्ताखालका तालिम समय समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

ओटेभ गण्डकी अध्यक्ष उमा रेग्मी भण्डारीले बारिष्टा तथा बेकरी तालिमबाट सिकेको सिप सदुपयोग गर्न सुझाव दिइन् । उनको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्था उपाध्यक्ष एवं पोखरा जावा वारिष्टाका सञ्चालक ममता न्यौपाने, महासचिव लक्ष्मी लामिछाने लगायतले बोलेका थिए ।

२७ जनाले भाग लिएको तालिममा दीव्या न्यौपाने, प्रज्ज्वल पोखरेल, विजय लामा र सुमन तामाङले प्रशिक्षण दिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width