हावाहुरीले कास्कीको रुपाका १४ घरमा क्षति

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
huri-nawalpur

फाइल तस्बिर

पोखरा । हावाहुरीले कास्कीको रुपा गाउँपालिकाका विभिन्न स्थानमा बिहीबार साँझ घरसहित १४ वटा संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्की प्रहरीका अनुसार रुपा– १ च्यार्पे बस्ने नरमाया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको र घरभित्रका अन्नपात तथा लत्ताकपडा भिजेको छ ।

रुपा– २ छापडाँडाका सोमबहादुर खड्काको २ तले कच्ची धन्सारको छानो उडाएको र अन्नपात भिजेको प्रहरीले जनाएको छ । त्यस्तै वडा २ कै माझकोटका हर्कबहादुर गुरुङको २ तले कच्ची घरको टिनको छाना उडाएको छ ।

वडा ६ को जामुनेकी चिजामाया गुरुङको बाख्राको खोर र शौचालयको टिनको छाना उडाएको छ । कसिला गुरुङको ब्लकले बनेको टिनले छाएको एकतले घरको छाना उडाएको, प्रतिक अधिकारीको १ तले पक्की घरको छतमा राखेको पानीको ड्रम र शौचालयको छतमा राखेको ड्रम पनि हावा हुरीले उडाएको छ ।

त्यस्तै गंगा गुरुङको घरको छानो उडाएको, राजकुमार तामाङको १ तले ब्लकले बनेको घरको टिनको छानो उडाएको, मिया गाउँका अब्बस अलि मिया, अब्दुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्णबहादुर थापा, तसबिरन मियाको घरको छानो उडाएको प्रहरीले जनाएको छ ।

भिरचोककी जानकी गुरुङको मौरीको घार र ड्रम उडाएको, चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरको टिनको छानो पनि हावाहुरीले उडाएको प्रहरीले जनाएको छ । बिहीबार साँझपख पोखरासहित नेपालका धेरैजसो ठाउँमा हावाहुरीसहित पानी परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width