एलजीको ‘खेल्छ नेपाल घरघरमा’ योजना

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
khelx nepal Cricket LG

पोखरा । नेपाली टिम सहभागी टि–२० क्रिकेट वल्र्ड कप–२०२४ यही २० जेठदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । सन् २०१४ पछि नेपालले दोस्रो पल्ट भाग लिएको सो प्रतियोगिता नेपाली क्रिकेटप्रेमीका लागि तीव्र पर्खाइ छ ।

यसैक्रममा एलजीले बिहीबारदेखि ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकवर्गले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन् । योजना अनुसार कुनै पनि एलजी टिभी खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको ब्यक्तिगत दुर्घटना बिमा उपलब्ध छ । साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएनफोर उपहार सित्तैमा पाइनेछ ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभी ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टिभी, यू क्यु र युआर सिरिज अन्तर्गतका युएचडी टिभीमा ३ वर्षको फुल वारेन्टी छ । कुनै पनि एलजी टिभी खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । साथै शून्य ब्याजदरमा इएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी समेत सुविधा दिइएको छ ।
एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स् हो ।

Related News

सम्बन्धित समाचार

hero news full width