कास्कीको लेवाडेमा गाडी पल्टँदा ८ घाइते

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
accident

पोखरा । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा बिहीबार बिहान दुर्घटनाग्रस्त हुँदा ८ जना घाइते भएका छन् ।

बा५ख २८५ नम्बरको बस बिहान पाैने ४ बजेतिर सडकको दायाँ साइडतर्फ नालामा पल्टिँनदा बसमा सवार १३ जनामध्ये ८ जना घाइते भएका हुन् । घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पोखराका विभिन्न अस्पतालमा लगिएको छ ।

घाइतेमा पर्वतको जलजला घर भएका गाडी चालक ३६ वर्षे बलबहादुर फगामीमगर, म्याग्दीको मालिका ३ का टकबहादुर कामी, म्याग्दीकै मंगला १ निस्कोटका प्रेम पुन छन् । मंगलाकै तीलक शर्मा, म्याग्दीकै रञ्जना हमाल, म्याग्दीको मालिका दरबाङकी सविता श्रीपाली, मंगला १ सिमहकी हरि केसी र मालिका ६ दरबाङका भीमसेन अधिकारी छन् ।

घाइते सबैको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको मणिपाल, ३ जनाको गण्डकी मेडिकल कलेज र १ जनाको बेनीमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width