नीरमाया दोहोरी साँझले जित्यो भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
Nirmaya Dohori sajh

पोखरा । चिप्लेढुंगाको नीरमाया दोहोरी साँझले दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा कलाकार खेलकुद संघ आयोजनामा फूलबारीस्थित ग्रिन गाडन स्पोटस् हबमा आयोजित प्रतियोगिताको फाइनलमा वाराही दोहोरी साँझलाई हराएको हो । प्रतियोगितामा आयोजक तेस्रो भयो ।

विजयी भएसँगै नीरमायाले खसी पुरस्कार प्राप्त गरेको छ । नीरमायाबाट सीता मगर, इन्दिरा पुन मगर, नीरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ खेलेका थिए । प्रशिक्षक रोशन थापा मगर थिए ।

नीरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी बन्दै भलिबल प्राप्त गरिन् । प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

सो अवसरमा रस्साकस्सी र म्यूजिकल चेयर प्रतियोगितासमेत भएको थियो । नीरमाया दुवैतर्फ प्रथम भएको सञ्चालक जीवन गुरुङले बताए । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघ अध्यक्ष समेत रहेका गुरुङले भाइचाराको सम्बन्ध स्थापित गर्न यस्ता प्रतियोगिता आयोजना हुँदै जानुपर्ने बताए । सञ्चालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमा समेत उत्कृष्ट भएको देख्न पाउँदा खुसी लागेको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width