समाजको हितमा काम गर्न जोड

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
Dasnami

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

पोखरा । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत् छलफल तथा अन्तरक्रियाका वक्ताले समाजले समुदायको हितमा क्रियाशील हुँदै मौलिक संस्कार, संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए ।

समाजका ज्येष्ठ सदस्य केदार गिरीले पुर्खाको इतिहास भुुल्न नहुने सुझाव दिए । आफ्नो संस्कार, संस्कृति के थियो भन्नेबारे जानकारी लिनुपर्ने र त्यसलाई आत्मसाथ गर्दै अगाडि बढनुपर्नेमा उनको भनाइ थियो ।

‘बाबुबाजेले गर्दै आएको संस्कारलाई आत्मसाथ गर्दै नयाँ पुुस्तामा पुुस्तान्तण गर्नुुपर्छ,’ उनले भने, ‘दशनामी ब्राहमणका पनि गुुरु हुन् भन्ने अग्रजबाट सुन्दै आएको हुुँ । जातीय संस्थाको आवश्यकता पछिल्लो समय महसुुस गरिए स्थापना गरिएको हो । संस्थाले सबैलाई समेटेर जानसके मात्रै सफल हुन्छ ।’

दशनामी समाजका वरिष्ठ उपाध्यक्ष तारा गिरीले दशनामी समाजमा समस्या थियो तर अहिले समाजको केन्द्रीय कार्यालयले धेरै काम गरेको बताउँदै समावेशी आयोगमा समेत दशनामीले ज्ञापनपत्र बुुझाइएको बताए ।

दशनामी कास्कीका पूर्व अध्यक्ष रमेश गिरीले कास्कीले अगुुवाइ गरेर सबैलाई एकताबद्ध गरेर जानुपर्नेमा जोड दिए । दशनामी र सन्यासी एकै हौं भन्नेबारे अन्योल रहेको बताउँदै यस विषयमा स्पष्ट हुुनुपर्ने बताए ।

दशनामी समाज कास्कीका अध्यक्ष भूपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दशनामी समाज स्याङ्जाका सल्लाहकार कपिल गिरी, दशनामी समाजका सचिव बोधराज गिरी, कास्की कोषाध्यक्ष सुनिता गिरी, गोविन्द गिरी, प्रथम उपाध्यक्ष भरत गिरी, अरुण गिरी, पत्रकार एकराज गिरी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width