उन्नतिको रक्तदानमा ६० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
bload

पोखरा । पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधवार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरे ।

सहकारीको १६ औं वार्षिकोत्सवका अवसर पारेर संस्थाको मुख्य कार्यालय नयाँबजार पोखराको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

सहकारीका अध्यक्ष राजेश रानाभाटले संस्थाका सदस्य सुरेश न्यौपानेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । अध्यक्ष रानाभाटले संस्थाले रक्तदानलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको चर्चा गरे ।

संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा बर्सेनि रक्तदान कार्यक्रम गर्दै आएको र यसलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • जनप्रियमा विएमटिएम स्पोर्टस् मिट

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्टस् मिट–२०२५ सुरु भएको छ ।…
  • हाइकर्स क्लबको साधारणसभामा सम्मान

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । हाइकर्स क्लब, नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा…
  • नेपोन गण्डकीमा सत्यराज

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो…
  • पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउन गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । महानगरको निर्णय कार्यान्वयनमा अदालतले अंकुश…
  • नारी स्रष्टा एक ठाउँ

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । साहित्य, कला र संगीत त्रिवेणी पोखरेली युवा सांस्कृतिक परिवारले गुञ्जन नारी साहित्यिक संस्था, काठमाडौंलाई निम्तो दियो–नारी स्रष्टा विशेष…

hero news full width

trending post

ट्रेन्डिङ्ग