पोखराको एकीकृत रणनीतिक कार्य योजना

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
pokhara tourism

पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सहरी योजना आयोग मार्फत एकीकृत रणनीतिक कार्य योजना निर्माण गर्न लागिएको हो ।

आगामी १० वर्षमा पोखरा महानगरपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन भूमिका र जिम्मेवारीहरूका लागि कार्यहरू सहित एकीकृत र रणनीतिक पर्यटन कार्य योजना निर्माण गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए ।  ‘यसले पोखराको समग्र पर्यटन क्षेत्रको विकाससँगै पर्यटनलाई गतिशील बनाउन मार्गचित्रका रूपमा काम गर्नेछ, उनले भने , पर्यटन राजधानी घोषणा भएपछि आधारभूत रूपमा पर्यटन पूर्वाधार र व्यवस्थापन कार्यलाई रणनीतिक रूपमा अगाडि बढाउनै पर्दछ ।’

पोखरा विश्व बजारमा परिचित पर्यटन सहर भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या अपेक्षित नभएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उनले बताए ।

पोखराको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, साहसिक र रैथाने उत्पादन लगायतको उजागर गर्ने गरी एकीकृत कार्य योजना आवश्यक रहेको पर्यटन क्षेत्रका विज्ञहरूले सुझाएका छन् ।

यस सम्बन्धमा बुधवार सरोकारवाला र पर्यटन क्षेत्रका विज्ञहरूसँग छलफल तथा परामर्श गरिएको छ । महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा डा‌.प्रनिल नेपाल उपाध्यायले कार्य योजनाको अवधारणापत्र प्रस्तुत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • सिडिओलाई स्वागत, एसपीलाई सम्मान

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । होटल संघ पोखरा नेपालले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे स्वागत तथा जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार…
  • मनकामना केबुलकार ५० दिन बन्द हुने

    रासस असार ४, २०८१
    चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि…
  • विदेशमा पोखराको प्रचार गर्दै टेवान

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले पोखराको पर्यटन प्रबद्र्धनका लागि थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया गरेको छ ।…
  • पर्यटकीय राजधानीपछि अब के ?

    आदर्श समाज सम्वाददाता जेठ ३०, २०८१
    पोखरा । पोखरालाई गत ४ चैतमा ‘पर्यटकीय राजधानी’ घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती…

hero news full width