रविचन्द्रलाई अन्नपूर्ण पर्यटन पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
annapurna paryatan puraskar

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यस वर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की पूर्व उपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले उनलाई पुरस्कारका लागि सिफारिस गरेको हो । समिति सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराई, पत्रकार एवं समितिका मिडिया संयोजक टंकराज अधिकारी थिए । पदेनसदस्य समिति अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ थिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिँदै आएको समिति अध्यक्ष ललित गुरुङले बताए । पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा यही २१ जेठमा घान्द्रुकमा आयोजना हुने चौंथो अन्नपूर्ण म्याराथन समापन समारोहमा प्रदान गरिने छ । पुरस्कार राशि २५ हजार र सम्मानपत्र छ ।

पराजुली २९ वर्षदेखि सुरूमा पोखरा र हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर पर्यटन लगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी नेपाल टेलिभिजनमा आवद्ध छन् । यसअघि नेपाल समाचारपत्र, नेपालीपत्र साप्ताहिक, सारथी साप्ताहिक लगायतमा संलग्न थिए ।

नेपाल टेलिभिजनमै साप्ताहिक रुपमा शिक्षा विवेचना कार्यक्रम सञ्चालन गर्दै आएका उनले पर्यटन शिक्षाको अवस्था, देखिएका चुनौती र गर्नुपर्ने सुधारबारे समेत छलफल चलाउँदै आएका छन् । उनले त्रिवि सम्बन्धन प्राप्त नेपाल माउन्टेन एकेडेमीमा पर्वतारोहण व्यवस्थापन विषय समेत प्राध्यापन गर्छन् ।पहिलो पल्ट सो पुरस्कार पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार तथा दोस्रो पल्ट रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width