सगरमाथा आरोही इन्स्पेक्टर सुरजलाई स्याङ्जामा नागरिक अभिनन्दन

आरोही पौडेलको जीवनी स्थानीय पाठ्यक्रममा समावेश गरिने

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
sagarmatha aarohi

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सशस्त्र प्रहरी, बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक सगरमाथा चढेका पौडेललाई बुधबार गृहपालिका आँधिखोलामा दोसल्ला, सम्मान–पत्र, बाजागाजासहित सम्मान तथा अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दनको क्रममा पौडेललाई आँधिखोला–५ सेतीदोभानदेखि आँधिखोला–२ चिलाउनेबाससम्म परिक्रमा गराइएको थियो । उनी चिलाउनेबासका बासिन्दा हुन् ।

अभिनन्दनपछि बोल्दै आरोही पौडेलले गाउँबाट पाएको मायाले आफ्नो खुसीमा थप ऊर्जा थपिएको सुनाए । सगरमाथा आरोहण सहज नरहेको र सगरमाथाबाट फर्किनु मृत्युलाई जित्नु बराबर भएको उनको भनाइ थियो । ‘सगरमाथा चढ्नुमात्र ठूलो कुरा होइन । चुचुरोमा पुग्नु जत्तिकै जोखिम फर्कंदा पनि हुन्छ,’ उनले भने, ‘चुनौतीपूर्ण अवस्था, कठिन मौसम, भौगोलिक अवस्था, मानसिक स्थिति र पीडादायक शारीरिक स्थितिबीच आफ्नो पालिकालाई चिनाउन पाउँदा खुसी लागेको छ ।’

पौडेलले कुनै साहित्यकार सगरमाथा आरोहण गर्न गए ऊ नसक्ने सुनाए । सगरमाथा क्षेत्रमा रचनाका स्रोत रहेको र पुस्तक नै लेख्न सकिने उनको भनाइ थियो । ‘कुनै कवि वा साहित्यकार सगरमाथा आरोहण गर्न गए ऊ चढ्नै सक्दैन । यति मनोरम, यति भावनात्मक हिसाबले फरक अनुभूति हुन्छ,’ आरोही पौडेलले भने, ‘साहित्यकारले रचना रच्दा–रच्दा महाकाव्य नै लेख्न सकिने अनुभूति त्यहाँ संगाल्न सकिनछ ।’

गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौड्यालले नयाँ र फरक गर्न खोज्नेलाई सम्मान र अभिनन्दनजस्ता गतिविधिले प्रोत्साहान गर्ने भएकाले निरन्तरता दिइनुपर्ने बताए । कर्तव्य पूरा गर्नुपर्ने दायित्वबीच सगरमाथा शिखर पुगेर गाउँको नाम राखेको भन्दै उनले खुसी व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आरोही पौडेलको जीवनी स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए । आँधिखोला सगरमाथा चढ्ने पहिलो सशस्त्र प्रहरीको गाउँ हो भनेर चिनाउन पाउनु गर्वको विषय भएको उनले बताए ।

गाउँपालिकासहित आरोही पौडेलको जन्म गाउँ चिलाउनेबासमा आँधिखोला–२ वडा कार्यालयले पनि सम्मान कार्यक्रम गरेको थियो । वडाध्यक्ष कमलप्रसाद पौडेल र वडा सदस्यहरूले आरोही पौडेललाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

चैत ३० मा सगरमाथातर्फ प्रस्थान गरेका पौडेल जेठ ७ गते बिहान १०ः२० बजे चुचुरोमा पुगेका थिए । उनी शेर्पा एक्स्ट्रिम प्रा.लिमार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । पौडेलले सगरमाथा शिखरमा सशस्त्र प्रहरी बल र आँधिखोला गाउँपालिकाको झण्डा फहर्‍याएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width