गण्डकीमा पहिलोपटक माओवादी सत्ताविमुख, चुमानको मुख्यमन्त्री सपना अधुरै

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
minister chuman

हरिबहादुर चुमानको फाइल तस्बिर

पोखरा । संघीयता कार्यान्वयनमा आएपछि गण्डकी प्रदेशमा पहिलोपटक नेकपा माओवादी सत्ताविमुख हुने भएको छ । परिवर्तित राजनीतिक परिवेश र सर्वोच्चको परमादेशबाट कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएसँगै माओवादी स्वतः सत्ताविमुख भएको हो ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन बनाएपछि गण्डकीमा माओवादीले कांग्रेसको साथ छाडेको थियो । त्यसपछि बनेको खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादी हरिबहादुर चुमान अर्थमन्त्री बनेका छन् । सर्वोच्चको परमादेशसँगै उनको पद स्वतः गएको छ ।

संघीयता कार्यान्वयन लगत्तै एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी चुमानकै नेतृत्वमा सरकारमा गएको थियो । ७ सदस्यीय मन्त्रीमण्डलमा चुमानसहित गोरखाका लेखबहादुर थापा मन्त्री बनेका थिए । त्यसपछि बनेको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा रामजीप्रसाद बराल जीवनको नेतृत्वमा माओवादी सरकारमा सामेल भयो । अर्थमन्त्रालयको नेतृत्व बरालले सम्हाल्दा माओवादीका २ जना वन तथा वातावरण र कृषि मन्त्री बने ।

दोस्रो चुनावपछि बनेको खगराज अधिकारी नेतृत्वको सरकारमा चुमान भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बने । उनीसँगै रेशम जुग्जाली पर्यटन, वन वातावरण तथा उद्योग मन्त्री भए ।

अधिकारी नेतृत्वको सरकार १ सय ५ दिनमा ढल्यो । त्यसपछि पोहोर वैशाख १५ मा कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा समेत माओवादीले गतिले मन्त्रालयका साथ सरकारमा सहभागिता जनायो । रेशम जुग्जालीले भौतिक मन्त्रालयको नेतृत्व गर्दा सुशीला सिंखडा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनिन् । पाण्डे नेतृत्वको सरकारलाई माओवादीले दिएको विश्वासको फागुन अन्तिममा फिर्ता लिँदै सरकारबाट बाहिरियो ।

त्यसपछि चैत २५ मा खगराज अधिकारीको नेतृत्वमा सरकार गठन भयो । त्यसमा माओवादी संसदीय दलका नेता चुमान अर्थ मन्त्रालयको जिम्मा लिएर सरकारमा सामेल भए ।

दुवै कार्यकालमा पटकपटक मुख्यमन्त्रीमा दाबी गरेका चुमानको प्रदेश हाक्ने सपना पूरा हुनै पाएको छैन । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने बेलामा होस् या पहिलोपटक खगराज अधिकारी वा पहिलोपटक सुरेन्द्र पाण्डे मुख्यमन्त्री बेलामा चुमाले च्याँखे दाउ थापिरहे । तर उनको रहर पूरा हुन पाए । पाण्डे नेतृत्वको सरकार बन्ने बेलामा अन्तिम समायमा माओवादीलाई मुख्यमन्त्री दिन सहमति भए पनि त्यो अवधि नआउँदै पाण्डे सरकार ढल्यो । अनि चुमानको रहर अधुरै रह्यो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width