पोखरा । सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेको शपथ आजै ५ बजे हुने भएको छ । यसका लागि पोखरा सभागृहमा तयारी थालिको छ । प्रदेश प्रमुखको निवासमा हुने गरेको शपथ बर्खामा हावाहुरी र पानीको त्रासले पोखरा सभागृहमा हुन लागेको हो ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी यो पटक ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री बनेका हुन् ।
यसभन्दा अघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सरकार परिवर्तनसँगै नेकपा एमालेका खगराज अधिकारी पुनः मुख्यमन्त्री बनेको थिए ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस ससंदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रीट दर्ता गरेका थिए । मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ जनाको समर्थन हुनुपर्ने व्याख्या गरेको छ । साथै, अदालतले खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१