सुरेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
IMG_9861

पोखरा।गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी यो पटक ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री बनेका हुन् ।

यसभन्दा अघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सरकार परिवर्तनसँगै नेकपा एमालेका खगराज अधिकारी पुनः मुख्यमन्त्री बनेको थिए ।

मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस ससंदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रीट दर्ता गरेका थिए । मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ जनाको समर्थन हुनुपर्ने व्याख्या गरेको छ । साथै, अदालतले खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width