सर्वोच्चको आदेश प्रदेश प्रमुखकोमा आइपुग्यो, अध्ययन गर्दै प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
Pradesh Pramukh Dilli Raj Bhatta office

पोखरा । कांग्रसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्च दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयमा आइपुगेको छ । इमेलमार्फत् चिठी प्राप्त भएको र प्रदेश प्रमुखले अध्ययन गरिरहनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए । प्रदेश प्रमुखको निर्देशन पाएलगत्तै शपथको कार्यक्रम तय गरिने बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत पदभार ग्रहणको तयारी गरिएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न भनेको थियो ।
प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथको समय भने तोकिएको छैन । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले पत्र पाएलगत्तै शपथको कार्यक्रम तय गरिने बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत पदभार ग्रहणको तयारी गरिएको छ ।

उपधारा ३ मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने छ,’ भनिएको छ ।

उक्त उपधारा अनुसार अब प्रदेश प्रमुखले उनलाई नियुक्ति दिँदै शपथ गराउने छन् । मुख्यमन्त्रीले आजै केही मन्त्रीसहित शपथ लिने बताइएको छ । दीपक मनाङे र राप्रपाका एकजनालाई मन्त्री बनाउने भनिए पनि यसबारेमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा केही कुरा उठेको छैन । पाण्डेको अघिल्लो पालामा मन्त्री भएकाहरुलाई दोहो¥याउन नहुने कांग्रेसकै सांसदहरुको भनाइ छ । अघिल्लो पटक कांग्रेसबाट सरस्वती अर्याल तिवारी, महेन्द्रजध्वज जिसी र जीतप्रकाश आले मन्त्री भएका थिए ।

शपथ गरेपछि मुख्यमन्त्रीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

१६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । नपुग्ने १ मत हो । माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकाटाले अहिलेको अवस्थामा कांग्रेसलाई मत दिने देखिँदैन । माओवादी संसदीय दलको बैठकमा आउन छाडे पनि उनलाई ह्विप त्यहि दलकै लाग्छ ।

उक्त समयमा ३१ सांसद आफ्नो पक्षमा पुर्‍याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width