एमाले चितवन अध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश ढुंगाना

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
uml-chitwan

चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । मंगलबार भएको मतदानमा खसेको ७ सय २९ मतमध्ये पाठकले ६ सय ६ मत प्राप्त गर्दै विजयी भए ।

अध्यक्षका प्रत्यासी घनश्याम कँडेलले मात्र ९३ मत प्राप्त गरे । पाठक यसअघि उपाध्यक्ष थिए । उपाध्यक्षमा श्याम विष्टले ४ सय ४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २ सय ८४ मतमा प्राप्त गरे । सचिवमा प्रकाश ढुंगाना विजयी भए ।

ढुंगानाले ४ सय ६६ मत प्राप्त गर्दा प्रतिस्पर्धी पदमपाणि सुवेदीले २ सय २१ मत मात्र प्राप्त गरे । त्यसैगरी उपसचिव खुलातर्फ दुई सय ४० मतसहित मिनबहादुर परियार र महिलातर्फ ज्वाला पुरी वन ३ सय ६६ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धामा एमाले चितवनमा गुट नदेखिएपनि संस्थापन पक्षले समर्थन गरेका उम्मेदवारहरु विजयी भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width