स्वतन्त्र प्रेस जगत्मा हस्तक्षेपको काम भइरहेको छ : महामन्त्री लामिछाने

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Press Union Kaski Photo 1

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगत्मा हस्तक्षेपको काम भइरहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आइतबार आयोजना गरेको ‘प्रेसमाथिका चुनौती’ विषयक परिसंवाद कार्यक्रममा महामन्त्री लामिछानेले प्रेस कसरी गलत सावित गर्न सकिन्छ भनेर केही पक्ष लागिरहेको बताएका हुन् । ‘कहीं न कहींबाट हस्तक्षेप भइरहेको छ । कुनै न कुनै माध्यमबाट कुनै न कुनै शक्तिले प्रेस जगत्लाई कसरी गलत सावित गर्न सकिन्छ भनेर लागि रहेको छ,’ उनले भने, ‘प्रेसमाथि अहिलेको परिस्थितिमा यही नै सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ ।

प्रेस स्वतन्त्र हुनुपर्नेमा उनको जोड थियो । ‘प्रेस स्वतन्त्र रहेन भने प्रजातन्त्र पनि रहँदैन र प्रजातन्त्र रहेन भने हामीले स्वतन्त्र प्रेसको कुरा पनि गर्न सक्दैनांै,’ उनले भने, ‘त्यसैले हामी सजग हुनु जरुरी छ ।’ अहिलेको अवस्थामा भाषागत त्रुटि, पत्रकारिताको मर्यादा विपरीतको काम, सामाजिक सञ्जाल, मिथ्या सूचना, पूर्वाग्राही भएर समाचार लेखिनु पछिल्ला समयको प्रेसमाथिको चुनौती रहेको उनले सुनाए ।

भाषागत त्रुटि, पत्रकारिताको मर्यादा विपरीतको काम, सामाजिक सञ्जाल, मिथ्या सूचना, पूर्वाग्राही भएर समाचार लेखिनु प्रेसमाथिको चुनौती

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पत्रकार र पत्रकारिता क्षेत्र धराशायी बन्दै गइरहेको बताइन् । यो अवस्थामा उनले पत्रकारलाई यो क्षेत्रमा टिकाइराख्ने खालका योजना तथा कार्यक्रम बनाएर प्रेस युनियन अघि बढ्नुपर्ने सुझाव दिइन् । नेपाली कांग्रेस पार्टी र शुभेच्छुक संस्था प्रेस युनियनबीच छलफल र सहमतिको आवश्यक रहेको उनले सुनाइन् ।

नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले पत्रकारिता क्षेत्रमा पत्रकारलाई टिकाउनै समस्या रहेको बताए । सबै क्षेत्रबाट प्रेस जगत् चपेटामा परिरहेको अवस्थामा सिर्जनात्मक काम गर्दै अघि बढ्न उनको सुझाव थियो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रेस युनियनका सदस्य एकजुट भएर तयारी लाग्नुपर्ने बताए । केन्द्रले शुद्धीकरणका विषयमा गरेका निर्णयमा चनाखो भएर निर्णय लिनुपर्नेमा उनको जोड थियो । पत्रकारिता क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रेस युनियन तयार रहेको र आफ्ना सदस्यको पेसागत सुरक्षाका विषयमा जानकार रहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस प्रचारप्रसार विभागका केन्द्रीय सदस्य गंगाधर पराजुली र राजबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकीका सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, नेपाल प्रेस युनियनका सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी रवीन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, उपाध्यक्ष माधव रेग्मी, महासचिव प्रकाश ढकाल, सदस्य सुभाष पौडेल, राष्ट्रिय समाचार समिति गण्डकी प्रमुख वासुदेव पौडेल, प्रेस युनियन कास्की अध्यक्ष वासुदेव मिश्र, उपाध्यक्ष ज्योति हमाललगायतले प्रेसमाथिको चुनौती सामना गर्न प्रेस युनियन तयार हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल प्रेस युनियनका देशभरका शाखाले आइतबार स्थापना दिवस मनाएका छन् । २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको दिनलाई नेपाल प्रेस युनियनले स्थापना दिवसका रुपमा मनाइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width