पोखरा । जल्धारे टोल विकास सस्थाकाको १० औ साधारणसभा तथा सातौ अधिबेशनबाट दोस्रो कार्यकालका लागि महेन्द्र ढुंगाना अध्यक्षमा निर्वाचित भएका छन् । पोखरा २६ मा रहेको टोल समितिको उपाध्यक्षमा कल्पना लामिछाने, सचिवमा महादेव ढुंगाना, कोषाध्यक्षमा विवेक ढुंगाना, चयन भएका छन् । सदस्यहरूमा हरिशरण ढुंगाना विनायक, सीता ढुंगाना, दयासागर ढुंगाना, रमा ढुंगाना र नानिमाया भण्डारी रहेका छन्
कार्यक्रमको उद्घाटनमा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले हरेक समुदायमा विकास निर्माणमा टोल विकासको महत्वपूर्ण भूमिका रहने बताए । हरेक टोलले वडाका विकासमा सहयोगी भूमिका निभाएका हुन्छ तेसैले यिनीहरू वडाको एक महत्वपूर्ण अंगकारूपमा लिइने उनको भनाइ थियो ।
कार्यक्रममा पोखरा २६ का वडा सदस्य सुदिपराज ढुंगाना, जल्धारे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरि ढुंगाना, पिपलबोट गार्डेनको अध्यक्ष पितृप्रसाद गौतम, संस्थाका सल्लाहकार लेखनाथ ढुंगाना, माछापुच्छ«े टोलका अध्यक्ष आनन्द राजभाट, महादेव ढुंगाना, पुरूषोतम ढुंगाना, सीता ढुंगानालगायतले टोलविकासको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा समुदायमा विभिन्न योगदान पु¥याएवापत पितृप्रसाद गौतम, उत्कृष्ट वचत तथा बृद्व विष्णुमाया ढुंगाना, लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष महेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कल्पना लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विवेक ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष अंगुरदेवी भुर्तेल ढुंगानाले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१