पञ्चासेमा प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Panchase news f

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

उनले पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै यात्रा गरेका हुन् ।

पोखरा २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गरेका थिए ।

पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीलाई पोखरा २३ ले स्वागत गरेको थियो । अध्यक्ष रामकाजी गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेलसहितले प्रदेश प्रमुखलाई स्वागत गरी वडाको जानकारी गराए ।

पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ । त्यहाँबाट बढीमा २ घन्टा उकालो पैदलयात्रा गरी पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन् ।

प्रदेशप्रमुखको टोली पोखरा २३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । सो क्रममा दम्दमे तमु समाज, कुद्बी डाँडा गाउँले तमु समाज, उपल्लो सिदाने समाजघरले स्वागत गरेका थिए । तल्लो सिदानेमा होम स्टे सुविधा पनि छ । त्यहाँ स्व. ढकबहादुर गुरुङ स्मृति तमु (गुरुङ) संग्रहालय भ्रमण गराउँदै अर्गानिक खाजा खुवाएर स्वागत गरे । पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे ।

सिदाने गाउँबासीले फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पनि पोखे

प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवद्र्धनको खाँचो औंल्याए ।

नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजनाअनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width