जम्मा गरेको रकम सहकारीमा डुब्यो, पतिको उपचार कसरी गर्ने ?

आदर्श समाज सम्वाददाता
जेठ १४, २०८१
sahakari

पोखरा । जेनतेन सहकारीमा जम्मा गरेको साढे ३ लाख डुब्यो । पति मृगौला पीडित छन् । उपचार गर्ने पैसा छैन । छोराछोरी पढिरहेका छन् । स्कुललाई तिर्ने पैसा छैन । विमला नेपाली पोखराको टुँडीखेलमा जुत्ता पसल गर्छिन् । सुरुमा उनका पतिले गरेको पसल पति बिरामी भएपछि उनैले धान्दै आएकी छिन् । सन्तानको भविष्य र पतिको उपचारका लागि राखेको रकम सहकारीका सञ्चालकले खाइदेलान् र बचत फिर्ताका लागि आन्दोलन गर्नुपर्ला भन्ने उनलाई कहिलै लागेको थिएन । विमला आइतबार पोखराको पृथ्वीचोकमा सहकारीको रकम अपचलन गर्ने र राज्य सञ्चालक विरुद्ध नारा लगाउँदै गरेको भेटिइन् । ‘खाई नखाई जम्मा परेको पैसा सहकारीले खाइदियो । अहिले पतिको उपचार गर्न पैसा छैन । छोराछोरी केले पढाउने ?,’ उनले गुनासो पोखिन्, ‘आँफैले राखेको पैसा लिन यत्रो आन्दोलन गर्नुपर्ला भन्ने लागेको थिएन ।’ उनी विगत झण्डै २ वर्षदेखि त्यही पैसा फिर्ताका लागि भेला हुन्छिन्, आन्दोलनमा पुग्छिन् । सूर्यदर्शन सहकारी पीडितहरुले संघर्ष समिति बनाएका छन् । समितिले बेला बेलामा कार्यक्रम पनि गर्छ ।

स्याङ्जाका सूर्य पोखरेलले घरजग्गा बेचेर मित्रमिलन सहकारीमा राखेको ७५ लाख रुपैयाँ माग्न जाने ठाउँ छैन । सहकारीको कार्यालय बन्द छ । मुद्दा अदालत पुगेको छ । सञ्चालक समितिका पदाधिकारी र सदस्यहरु केही फरार छन्, केही जेल परेका छन् । जम्मा गरेको पैसा फिर्ता नहुने डर छ, उनलाई । ‘छानबिन समितिले प्रतिवादी भनेकाहरु फरार छन् । उनीहरुलाई पक्राउ गर्नुप¥यो,’ उनले भने, ‘सरकारले समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्छ ।’ यो पीडा सूर्यदर्शन र मित्रमिलनमा मात्रै होइन, पोखराका दर्जनौं सहकारीमा छ । आइतबार पोखराका ७ सहकारीका पीडित बचतकर्ताहरुले सहकारी ठगी विरुद्ध प्रदर्शन गरे । सूर्यदर्शन, शिवशिखर, इमेज, प्राइम, मित्रमिलन, बलिदानी र विन्ध्यवासिनी सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूको विरोध कार्यक्रमलाई ७ साना राजनीतिक दलले समर्थन गरेका थिए ।

गृहमन्त्री रवी लामिछानेले सहकारी पीडितका मुद्दालाई समाधान गर्न सहयोग नगरेको आरोप

बचतकर्ताहरूले ‘जिबी राई कहाँ छ ? रविलाई थाहा छ’, जस्ता नारा लगाए । गृहमन्त्री रवी लामिछानेले सहकारी पीडितका मुद्दालाई समाधान गर्न सहयोग नगरेको आरोप उनीहरुको छ । ‘सहकारी पीडितलाई न्याय दे’, ‘आन्दोेलनरत बचत पीडितकर्ताको जिउधनको सुरक्षा गर’, ‘पीडितलाई धम्क्याउनेलाई कानुनी कारबाही गर’, ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कस्ले गर्छ हाम्रो बचतको सुरक्षण ?’ ‘कानुनी अपूर्णता र अस्पष्टता अन्त्य गर’, ‘हाम्रा सहकारीका पैसा बाँडेर खायौं, वृद्धदेखि बालकसम्म धुरुधुरु रुवायौैं’ जस्ता नारा पृथ्वीचोकमा घन्कियो । पीडितहरुले सिर्जनाचोकदेखि ¥याली गरे । पृथ्वीचोकमा कोणसभा भयो । संघर्ष समितिका संयोजक किरण श्रेष्ठले राज्यका कारण पीडितहरु झन् पीडित बनेको गुनासो गरे । ‘निरन्तर संघर्षमा छौं । न्याय राज्यले नै दिएको छैन,’ उनले भने, ‘राजनीतिक चलखेल नगरिकन सहकारीको बचत रकम फिर्ता ल्याउनतर्फ ध्यान दिनुपर्छ । सिरोहियामाथि छानबिन हुन्छ भने गृहमन्त्रीज्यूको विषयमा छानबिन समिति किन बन्दैन ?’

सरकारमै रहेका व्यक्तिहरुको नाम समेत अपचलनमा जोडिएको भन्दै उनीहरुले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा पनि गृहमन्त्री लामिछानेको नाम जोडिएको छ । ‘सहकारीको समस्या समाधान गर्ने विषयमा सरकारले कुनै पाइला चालेको छैन । यहाँ त केबल सरकार कसरी बचाउने ? कुर्सी कसरी बचाउने ? भन्नेमै व्यस्त छन्,’ उनी भन्छन्, ‘बचत फिर्ता गराउन ठोष कदम सरकारले चाल्नुपर्छ । नाम जोडिएकाहरुले मार्ग प्रशस्त गर्नुपर्छ ।’

विरोध प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी (मसाल), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले ऐक्यबद्धता जनाएका छन् । यी सहकारीले झन्डै ४० हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ सहकारीका सञ्चालक हिनामिना गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width