हिलसाइडमा बुद्धिचाल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Hilside

पोखरा । हिलसाइड अंग्र्रेजी माध्यमिक विद्यालयमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । हालै विद्यालय प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ ।

करिब १ सय ५० जना विद्यार्थीहरू सहभागी भएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अन्तरसदनात्मक रूपमा खेल सञ्चालन गरिएको थियो भने कक्षा ४ र ५ लाई कक्षागत खुला प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।

अन्तरसदनात्मक प्रतियोगितातर्फ रातो सदनका रिदम पौडेलले प्रथम स्थान हात पारेका थिए भने हरियो सदनका केशव थापाले द्वितीय स्थान हात पारेका थिए । त्यसै गरी तृतीय स्थान निलो सदनका रियान अधिकारीले हात पारे ।

खुलारूपमा आयोजित कक्षा ४ र ५ तर्फ कक्षा ४ मा सौगात पौडेल प्रथम भएका थिए भने सुशान्त पराजुली द्वितीय भए । त्यसैगरी कक्षा ५ मा सायना गौचनले प्रथम स्थान हात पारेकी थिइन् भने एल्भिन सुवेदीले द्वितीय स्थान हात पारेका थिए ।

विद्यालयको सामाजिक अध्ययनका सिनियर शिक्षक नारायण भण्डारीको संयोजकत्वमा भएको प्रतियोगितामा शिक्षक शिव पराजुलीले विशेष सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width